कपिलवस्तु र बाँकेमा भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या दुई सय १९ पुग्यो |
काठमाडौं । नेपालमा आज बुधबार थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित कपिलवस्तु, कपिलवस्तु नगरपालिका ५का २२ वर्षिय पुरुष र बाँके,नेपालगंजका ३६ वर्षिय पुरुष हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,काठमाडौँमा र धुलिखेल अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा उक्त पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई सय १९ जना पुगेको छ ।


