काठमाडौं । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।
कोरोनाभाइरस महामारीको ‘ग्राउन्ड जिरो’ ऊहान शहरमा चीनले १० दिनभित्र सहरका सबै नागरिकको कोभिड–१९ परीक्षण गर्ने भएको छ । संक्रमणको सम्भावित दोस्रो लहरलाई रोक्न यो कदम लिन लागिएको हो ।
काठमाडौं । नेपालमा आज बुधबार थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित कपिलवस्तु, कपिलवस्तु नगरपालिका ५का २२ वर्षिय पुरुष र बाँके,नेपालगंजका ३६ वर्षिय पुरुष हुन् ।
कपिलवस्तु । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ ।
काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो ।
काठमाडौं । फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या २६ हजार ९ सय ९४ पुगेको छ । यीमध्ये १७ हजार ३ जनाको अस्पतालमा मृत्यु भएको छ । अन्यको मृत्यु स्याहार गृहमा भएको हो ।
काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो ।