भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख नाघेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या पनि ३४ हजार नाघेको छ । तर भारतको मुम्बई शहरमा गरिएको परीक्षणको नतिजाले संसारकै दोस्रो सबैभन्दा बढी जनसंख्या भएको मुलुक भारतको कोरोनासंक्रमणसम्बन्धी सरकारी तथ्यांकमा सन्देह पैदा गराइदिएको छ ।
काठमाडौं । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो ।
काठमाडौंं । काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको छ । मंगलबार ५३ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३ सय नाघेको हो ।
काठमाडौं । नेपाल टेलिमको पोस्टपेड सिमकार्ड बाहकलाई केही दिनदेखि सन्देश आइरहेको छ, ‘अब प्रत्येक रिचार्जमा २ प्रतिशत ‘स्वामित्व शुल्क लाग्ने छ ।’ अर्थात् अब पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्छ । यस्तो कर रिचार्ज गरेकै बेलामा काटिनेछ ।
काठमाडौं । हिमालय एयरलाइन्सले चौथो चरणको उद्धार उडान गर्ने भएको छ । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई यही जुलाई ३० देखि अगस्ट ७ सम्म स्वदेश ल्याउने जनाएको छ ।
काठमाडौं । लघुवित्त संस्थाहरुले हकप्रद सेयर निष्कासन गरेर चुक्तापुँजी बढाउन नपाउने भएका छन् । । मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्तापुँजी तथा पुँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित गर्न लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद शेयर जारी गर्न नदिने नेपाल राष्ट बैंकले जनाएको छ ।
काठमाडौं । लघुवित्त संस्थाहरुले १५ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै १५ प्रतिशत भन्दा बढी व्याज नलिन निर्देशन दिएको हो ।
कोरोनाभाइरस सङ्कटले २०२० को पहिलो ६ महिनाको अवधिमा विश्वको पर्यटन क्षेत्रमा प्रत्यक्ष तीन खर्ब २० अर्ब अमेरिकी डलर बराबरको राजस्व सङ्कलनमा क्षति पुगेको र यसका कारण लाखौं व्यक्तिको रोजगारीलाई जोखिममा पारेको संयुक्त राष्ट्रसंघले बताएको छ ।