तोकिएको चुक्तापुँजी नपुर्याउने लघुवित्तको कार्यक्षेत्र एउटा प्रदेशमा मात्र सिमित गरिने |
काठमाडौं । तोकिएको चुक्तापुँजी नपुर्याउने लघुवित्त संस्थाको कार्यक्षेत्र एउटा प्रदेशमा मात्र सीमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
चुक्तापुँजी पुर्याएर राष्ट्रियस्तरमा स्तारोन्नोति भएकालाई यो नियम लागू नहुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनमा भनिएको छ ।
‘एकभन्दा बढी प्रदेशमा समेत शाखा कार्यालय खोली कारोबार सञ्चालन गरेका लघुवित्त वित्तीय संस्थाहरुले २०७८ असारभित्र उक्त शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गरी सक्नुपर्ने छ ।’



