अब लघुवित्त संस्थाले १५ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने |
काठमाडौं । लघुवित्त संस्थाहरुले १५ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै १५ प्रतिशत भन्दा बढी व्याज नलिन निर्देशन दिएको हो ।
लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम् १५ प्रतिशतसम्म निर्धारण गर्न सक्ने छन् । यस अघि लघुवित्त संस्थाहरुले १८ प्रतिशत सम्म व्याज लिने गरेको थियो ।
यस्तै निक्षेप संकलन गर्ने तथा थोक कर्जा कारोवार गर्ने संस्थाहरुले अनुसूची–१५.१ बमोजिम २०७७ कात्तिक देखि आधार दर तयार गरी राष्ट्र बैंकमा पेश गर्न निर्देशन दिएको छ ।



