काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् ।
काठमाडौं । चीनले नेपालसँगको साझेदारीमा निर्माण गर्ने प्रतिबद्धता जनाएका भौतिक पूर्वाधारको काम कोरोनाको प्रभाव न्यूनीकरण भएलगतत्तै चरणबद्ध रुपममा शुरु गर्ने प्रतिबद्धतता जनाएको छ ।
काठमाडौं । बितेकोे २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
काठमाडौं । शनिबार उपत्यकामा कोरोना संक्रमित ह्वात्तै घटेका छन् । शुक्रबार उपत्यकामा ४१५ जना संक्रमित भेटिएकोमा शनिबार सो संख्या घटेर १८६ जनामा सीमित भएको हो ।
काठमाडौं । काठमाडौंमा कोरोना संक्रमण बढेको भन्दै भदौ १ देखि व्यवसाय दर्ता तथा नविकरणका लागि अनलाइन माध्यमबाट सेवा दिने घोषणा गरेको वाणिज्य विभागले निषेधाज्ञाकै बीच कार्यालयमै आएर नविरकण गर्नुपर्ने जानकारी गराएको छ ।
काठमाडौं । देशभर कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार भन्दा बढी बेड थप गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार २ सय २ वटा बेड थप भएका छन ।