रेलवसहितका लगायतका परियोजना चरणबद्ध सुरु गर्ने चीनको प्रतिबद्धता |
काठमाडौं । चीनले नेपालसँगको साझेदारीमा निर्माण गर्ने प्रतिबद्धता जनाएका भौतिक पूर्वाधारको काम कोरोनाको प्रभाव न्यूनीकरण भएलगतत्तै चरणबद्ध रुपममा शुरु गर्ने प्रतिबद्धतता जनाएको छ ।
नेपालको अर्थमन्त्रालय र चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशन एजेन्सी बीच बिहीबार सम्मपन्न भिडिओ कन्फ्रेन्सका क्रममा चीनिया पक्षले सो प्रतिबद्धतता जनाएकव अर्थमन्त्रालयले द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चिनियाँ एजेन्सीका उपाध्यक्ष डेङ बोकिङले प्रतिबद्धता गरिएका महत्वपूर्ण आयोजनाको काम छिट्टै सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । उनले अरनीको राजमार्ग र चक्रपथको स्तरोनन्ती दोस्रो चरणको काममा छिट्टै अग्रसरता लिइने जानकारी गराएका थिए ।
नेपाल पक्षले उक्त छलफलमा चीनले प्रतिबद्धतता जनाएका रणनीतिक महत्वका आयोजनाका बारेमा जानकारी गराएको थियो । वीर अस्पतालको विस्तार कोरोना भन्सार नाका व्यवस्थापन, मदन भण्डारी प्राविधिक विश्वविद्यालय, जीवनस्तर सुधार परियोजना, टोखा छहरे सुरुङ मार्ग, बेत्रावति–स्याफ्रुबेसी र नेपाल चीन अन्तरदेशीय रेलवे परियोजनाका बारे विस्तृत जानकारी गराएको थियो ।
जवाफमा चिनियाँ पक्षले कोरोना लगत्तै अवरोध भएका यस्ता आयोजनामा चीनको प्रतिबद्धता कायमै रहेको र यस्ता परियोजनामा व्यवस्थित योजनाका साथ कसिलो सहकार्यबाट पुरा गरिने जानकारी गराएका थियो । चिनियाँ पक्षले यी सबै आयोजना चरणबद्ध रुपमा सुरु गरिने प्रतिबद्धतता जनाएको अर्थमन्त्रालय द्वारा जरी विज्ञप्तिमा उल्लेख छ ।



