काठमाडौं । उपत्यकामा अनलाइनमार्फत् सामान अर्डर गरि घर घर पुर्या.एको भन्दै नियन्त्रणमा लिएका विभिन्न कम्पनीका संचालक तथा कर्मचारीलाई प्रहरीले छाडेको छ ।
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या २ करोड ४६ लाख नाघेको छ भने ८ लाख ३४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
काठमाडौं । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन ।
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ ।
काठमाडौं । हिमालय एयरलाइन्सले पूनः उद्धार उडान शुरु गरेको छ । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई यही अगस्ट २६ देखि अगस्ट ३१ सम्म स्वदेश ल्याउने एयरलाइन्सले जनाएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।