वाणिज्य विभागको निषेधाज्ञाकै बीच सेवा शुरु, भदौ १४ गतेदेखि सेवा दिने |
काठमाडौं । काठमाडौंमा कोरोना संक्रमण बढेको भन्दै भदौ १ देखि व्यवसाय दर्ता तथा नविकरणका लागि अनलाइन माध्यमबाट सेवा दिने घोषणा गरेको वाणिज्य विभागले निषेधाज्ञाकै बीच कार्यालयमै आएर नविरकण गर्नुपर्ने जानकारी गराएको छ ।
विभागले अनलाइनबाट फर्म भरेकाहरुले बैंकमा राजश्व बुझाएर कार्यालयमा आइ कागजात बुझाएर नविकरण गर्न निर्देशन दिएको छ ।
भदौ १४ गतेदेखि यस्तो सेवा शुरु हुने विभागले जानकारी दिएको छ । काठमाडौंमा भदौ १७ गतेसम्म निषेधाज्ञा छ ।
अनलाइन फर्म भरेकाहरुलाई मोबाइलमा म्यासेज आउने र त्यसपछि बैंकमा रकम बुझाएर भौचरसहित विभागमा उपस्थित हुन भनिएको छ ।
यदि यो अवधिमा कसैको नविकरण म्याद समाप्त भएमा जरिवानाबाट छुट हुने छैन । त्यसैले पहिलो प्राथमिकता त्यस्ता आवेदकलाई दिइने विभागले जानकारी दिएको छ ।
विभागले दैनिक ३० जनालाईमात्र सेवा दिने बताएको छ भने परिशरभित्र एकपटकमा ५ जनालाईमात्र जाने दिने भनेको छ ।
Visited 1 times, 1 visit(s) today


