रेल्वे कम्पनीले १ सय २९ कर्मचारी माग्यो |
काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले २९ वटा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । जनकपुर–जयनगर रेल सञ्चालनको लागि कम्पनीले विभिन्न २९ वटा पदपूर्तिका लागि १ सय २९ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू परिपूर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ । यसमा सामान्य लेखपढ गर्नेदेखि लिएर स्नातक गरेकाहरूले समेत सहभागिता जनाउन सक्नेछन् ।
यसैगरी कम्पनीले प्रशासनतर्फ एक जना शाखा अधिकृत, कानूनतर्फ १ जना अधिकृत र तीन जना स्टेसन मास्टरको माग गरेको हो ।
सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट कलेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदका लागि समेत विज्ञापन आह्वान गरिएको छ ।
आवेदकले असोज १२ गते भित्र रेल्वे कम्पनीको वेबसाइट जततउकःररलभउबचिबष्धिबथ.यचनर मार्फत् विभिन्न विज्ञापनमा अनलाइन दरखास्त भर्न सक्ने जनाएको छ ।
कम्पनीले अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहिन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकेको छ।


