काठमाडौं । सहकारीको सन्र्दभ ब्याजदर शतप्रतिशत कार्यान्वयन गर्ने नियमन निकाय र सहकारी अभियानले प्रतिवद्घता व्यक्त गरेका छन् । ब्याजदर निर्धारण समितिले गत असोज ५ गते सहकारीको ब्याजदर १४.७५ प्रतिशत निर्धारण गरेको थियो ।
अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या मंगलबार २ लाख पार भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा संक्रमित संख्या ६८ लाख बढी भइसकेको छ । विश्वमा संक्रमणको सबैभन्दा धेरै संख्या अमेरिकामा रहेको छ ।
काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष सर्वसुलभ रुपमा विक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसीरबोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो ।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो ।
काठमाडौं । उपत्यकामा बुधबार ६३७ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौं । विज्ञान र प्रविधिको महत्व अझ बढिरहेको सन्दर्भमा सरकारले गत असोज १ राष्ट्रिय विज्ञान दिवस मनाएको छ । सोही सन्दर्भमा शनिवार डिजिटल संवादको १८औं श्रृंखला विज्ञान दिवस सम्बन्धित रहेर आयोजना भएको छ ।