सुनको मूल्य १२ सयले घट्यो |
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १२ सय घटेर प्रतितोला ९४ हजार तीन सयमा कायम छ । मंगलबार सुन प्रतितोला ९५ हजार ५ सयमा कारोबार भएको थियो ।
सुन चाँदी व्यवसायी महासघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा पुगेको छ । अघिल्लो दिन चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ एक हजार ८ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


