काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ ।
काठमाडौं । अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको कोरोना परीक्षण हुँदा १०५६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सो अवधिमा १४८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १४ जनाको मृत्यु समेत भएको छ ।
काठमाडौं । पत्रकाहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय गरेका हुन् ।
काठमाडौं । गत चैतदेखि बन्द भएको सदर चिडियाखाना भोलि (बिहीबार)देखि खुल्ने भएको छ । तर कोरोना महामारीका कारण पहिले जस्तो चिडियाखानामा खुल्ला तरिकाले घुम्न भने पाइने छैन ।
काठमाडौं । सरकारले सहलगानी सम्बन्धी कार्यविधि २०७७ जारी गरेको छ । कार्यविधिमा गाउँ र नगरपालिकामा ५० करोड रुपैयाँ र प्रदेश स्तरको आयोजनामा कम्तिमा १ अर्ब रुपैयाँ न्यूनतम लागत हुनुपर्ने व्यवस्था गरिएको छ ।
काठमाडौं । सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।