डोटी । डोटीमा भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जीप दुर्घटना भएको थियो ।
काठमाडौं । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा निधन भएको हो ।
काठमाडौं । सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सो नीति सार्वजनिक गरेका हुन् ।
काठमाडौं । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको चिनियाँ भगिनी नगर ल्हासाले २ वटा कम्प्रेस्ड गारवेज ट्रक दिएको छ । चीनको तिब्बत स्वसाशित क्षेत्रमा ल्हासाले काठमाडौं महानगरलाई फोहोर बोक्न सहज हुने ट्रक दिएको हो ।
काठमाडौं । हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–४ ओख्रेनीमा लु २ च २१०२ नम्बरको बोलेरो जिप गएराति ११ बजेतिर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।