काठमाडौं । सीमापार जयनगर–कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनबारे नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’बारे सहमति जुटेको छ । रेल–वे सञ्चालनका लागि भारतले प्रोसिड्योर चाँडो टुंग्याउन जोड दिँदै आएको छ ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको बीचमा नेपाल, बंगलादेश र भारतको बीचमा उर्जा क्षेत्रमा उपक्षेत्रीय सहकार्य गर्ने विषयमा कुराकानी भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेको बताए । उद्योगपति चौधरीले बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो ।
काठमाडौँ । गत वर्षको तुलनामा यसपाली धान उत्पादन वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको छ ।
काठमाडौं । विश्वव्यापी मानव विकास सूचकांकमा नेपालले पाँच स्थान सुधार गरेको छ । विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२०का अनुसार नेपाल १ सय ४२ औं स्थानमा उक्लिएको छ ।
बुटवल । बुलटवलको पर्यटकीय स्थल हिलपार्कमा साहसिक खेल ‘जिप लाइन’ सुरु भएको छ । आन्तरिक र वाह्य पर्यटकहरुलाई लक्षित गरी बुटवलको हिलपार्कबाट चाँदबारी डाँडासम्म जिप लाइन सञ्चालनमा ल्याइएको हो ।
काठमाडौं । लगानी बोर्डले सहजीकरण गरिरहेका मध्ये चारवटा ठूला पूर्वाधार परियोजनाका विकासकर्ताले सम्बन्धित परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालय समक्ष पेश गरेका छन् ।