काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य एवं राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अदालतको फैसलामा टेकेर अगाडि वढ्नु पर्छ तर राजनीति नै अदालतलाई हेरेर गर्ने होईन भन्ने बताएका छन ।
काठमाडौं । एक महिनामा करिब ८ हजार व्यक्ति तथा व्यवसायीक फर्महरुले सहुलियत पूर्ण ऋण लिएका छन् । गत पुस महिनाको तुलनामा माघ महिनामा सुहिलय ऋण लिनेको संख्या ७ हजार ६ सय भन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले बताएको छ ।
काठमाडौं । एमाले विवाद मिलाउन भएको अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्ष बीचको छलफल विना निष्कर्ष सकिएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा झण्डै ३ घण्टा भएको औपचारिक छलफलमा दुवै पक्षले आआफ्नै अडान नछोड्दा कुरा नमिलेको नेता भीम रावलले जनकारी दिए ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्थानीय आर्थिक विकास समिति विस्तार गरिएको छ । कार्यकारिणी समिति सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित समितिको सहसभापतिमा कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छानिएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता∕हरियाली नेपाल पाटीका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री स्वर्गीय कुबेर शर्माप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । कालिकास्थानस्थित सांस्कृतिक घरमा शनिबार नेता शर्माप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोह राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गेकी छन् । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले वार्षिकोत्सव समारोह उद्घाटन गरेकी हुन ।