वीरगञ्ज । वीरगञ्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ । मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स, पर्साको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
काठमाडौं । नेपाली बजारमा आमज शुक्रबार सुनचाँदीको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले घटेर ८६ हजार २ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो ।
काठमाडौं । जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास संचालनमा ल्याएको छ । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्य सहित आफ्नो वाणिज्य दूतावास स्थापना गरेको जानकारी दिएको छ ।
काठमाडौं । बिहीबार शिवरात्रि पर्व परेको छ । पर्वका अवसरमा पशुपति मन्दिर आसपासका क्षेत्रमा भोलि सवारी साधन नचल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले एक सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्न नदिने भएको हो ।
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको छ । यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले १०० दिन पूरा गरेको छ । यस अवसरमा महासंघले राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र (भिजिन पेपर) २०३० तयार पारेको छ ।