विद्युत विकास विभागले खोल्यो तल्लो इन्द्रावती जलविद्युतको आर्थिक प्रस्ताव |
काठमाडौं । विद्युत विकास विभागले चैत ३ गते मंगलबार तल्लो इन्द्रावती जलविद्युतको आयोजनाको बोलकबोलको आर्थिक प्रस्ताव खोलेको छ ।
विद्युत विकास विभागले निजी क्षेत्रलाई विकास गर्न दिने गरी तल्लो इन्द्रावती जलविद्युतको बोलकबोल खुल्ला गरेको हो । बिभागले माग गरेको बोलकबोलमा ४ कम्पनीले आवेदन दिएकोमा नेशनल हाइड्रोपावर,आरएम इन्भेष्टमेन्ट कम्पनी र वाइबा एण्ड लामा–अनिल मल्टि जेभि गरी तीन कम्पनी प्राविधिक रुपमा योग्य देखिएका थिए ।
प्राविधिक रुपमा योग्य देखिएका कम्पनीहरुको मंगलबार बिहान ११ बजे आर्थिक प्रस्ताव खोलिएको थियो । विभागले केही दिनमा उक्त खोलिएको प्रस्तावको मूल्याँकन गरेर उत्कृष्ट एक कम्पनीलाई लाइसेन्स प्रदान गर्ने छ ।
बिभागको इभ्यालुयसन कमिटिले आगामी १५ दिनभित्र उत्कृष्ट एक कम्पनीलाई आयोजनाको विकासको लागि लाइसेन्स दिने बताइउको छ ।
विभागले तल्लो इन्द्रावती जलविद्युत आयोजना ४.५ मेगावटलाई खुल्ला प्रतिस्पर्धाको माध्यमबाट निजी क्षेत्रलाई विकास गर्न दिने प्रयोजनको लागि बोलपत्र माग गरेको थियो ।


