काठमाडौं । सरकारले धुलो दूध (एसएमपी), बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिको हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा एसएमपी, बटर, मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्न लागेको हो ।
काठमाडौं । विना सुनुवाई ४० वर्षसम्म भारतमा जेल बिताएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई क्षतिपूर्ति उपलब्ध गराउन भारतको कोलकाता हाईकोर्टले आदेश गरेको छ । अदालतले पश्चिम बंगाल सरकारका नाममा सोमबार यस्तो आदेश गरेको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअपहरूको प्रबद्र्धन मार्फत मुलुकभित्र उद्यमशीलता विकास गरि अधिकतम रोजगारी सिर्जना गर्न स्टार्टअप एण्ड इनोभेसन समिति गठन गरेको छ ।
काठमाडौं । बहुप्रतिक्षित माथिल्लो तामाकोशी आयोजनाबाट बैशाख १ गतेदेखि बिजुली उत्पादन गर्ने तयारी थालिएको छ । नयाँ वर्ष २०७८ को पहिलो दिन अर्थात बैशाख १ गतेबाट बिजुली उत्पादनका लागि तामाकोशी आयोजनाको बाँधमा पानी जमाउने काम आइतबार देखि थालिएको हो ।
इटहरी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आगामि आर्थिक वर्षको बजेट ल्याउँदा कोभिड–१९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्ने गरी कार्यक्रमहरु ल्याउनुपर्ने बताएका छन् ।
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच “समृद्धिका लागि वन” आयोजनाका लागि २ अर्ब ८० करोड रूपैंयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।