काठमाडौं । शुक्रबार काठमाडौं उपत्यका एम्कासि तुवाँलोले ढाक्यो । समस्या यहाँसम्म देखा पर्यो की जसको कारण दिउँसो २ बजेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमाहवाइ उडानसमेत बन्द गर्नु पर्यो ।
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको भर्खरै निधन भएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।
काठमाडौं । सरकारले चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा पुर्याउने योजनाको तयारी गरेको छ । जसका उद्घाटन उक्त दिन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको भृकुटीमण्डपबाट गर्नेछिन ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरोकारवाला तत्कालै सरोकारवाला पक्षको बैठक राखेर चार्टर्ड एकाउन्टेन्ट (सिए) ले पाइरहेको समकक्षता स्थगित गर्ने त्रिभुवन विश्वविद्यालयको कदमबाट सिर्जित समस्या हल गर्ने बताएका छन् ।
काठमाडौं । ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौं । सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ ।