काठमाडौं । सर्वोच्च अदालतले मास्क नलगाउने नागरिकलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । हाल मास्क नलगाई हिँडेमा प्रहरीले जरिवाना लिने र होल्डिङ सेन्टरमा राख्ने गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिाइनमाथिको हवाई हमला जारी रहने बताएको केही घण्टापछि सोमबार पनि इजरायलको सेनाले गाजा पट्टीमा हवाई हमलालाई जारी राखेको छ ।
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट (२०७८÷७९) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्रालयले बजेटको मस्यौदा मात्र तयार गर्न बाँकी रहेको जनाएको छ ।
काठमाडौं । सरकारले कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्री खरिदका लागि अर्थ मन्त्रालयबाट उक्त रकम दिने सहमति दिएको हो ।
काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । अब निषेधाज्ञा नलागेका जिल्लामा मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् ।
अरब सागरबाट उठेको चक्रवात ‘ताउ ते’ को गुजरात, महाराष्ट्र र कर्नाटकसहित ७ राज्यमा खतरा छ । आँधी आज दिउँसो १२ देखि ३ बजेबीच गुजरातको पोरबन्दर तटबाट ठोक्किन सक्ने अनुमान लगाइएको छ ।