काठमाडौं । मेलम्ची आयोजनाको सुरुङभित्र प्राविधिक पठाएर सुपरीवेक्षण गर्नका लागि लागि मंगलबार विहान ११ बजे सुरुङको गेट बन्द गरियो । अम्बाथानबाठ खोलाको पानी खोलातर्फ नै सोझ्याइयो ।
काठमाडौं । पहिरोले मेलम्ची नदी थुनिएको र उक्त बाँध एक्कासी फुट्दा मेलम्ची बजार डुवाउने गरी बाढी आएको पाइएको छ । मंगलबार राति एक्कासी मेलम्ची नदीमा बाढी आउँदा मेलम्ची बजारको तल्लो क्षेत्र डुवानमा परेको थियो ।
नेपालमा कोभिड–१९ को दोस्रो लहरबाट नेपाली समुदायलाई बचाउन खोप र अक्सिजन प्रदान गर्न एम्नेष्टी युकेले सोमबार विज्ञप्ति निकालेर विश्व समुदायलाई आग्रह गरेको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्वास्थ्य मन्त्रालयसमक्ष उद्यामी व्यवसायी, श्रमिक, कामदार र कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप लगाउन माग गरेको छ ।