काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ । सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् ।
काठमाडौँ । राजेशप्रसाद खत्री निर्देशित जुलुङ्गो(स्केरक्रो)ले नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जित्न सफल भएको छ । यही विधामा प्याट हेवुड र जेमिल मेगिनिसको ’ग्रामर्सी’ले अवार्ड पाउन सफल भयो ।
काठमाडौं । राष्ट्रिय यूवा संघ नेपालले वृहत सहभागीताको अपेक्षा गर्दै ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग यो प्रतियोगीताले हुने आयोजकले विश्वास लिएको छ ।
काठमाडौं । बिगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ’सेल्फी विथ डटर’ अभियान बुधबार एक बिशेष भर्चुवल कार्यक्रम आयोजना गर्दै सम्पन्न भएको छ । ’सेल्फी विथ डटर’ दिवसको रुपमा नेपाल र भारतमा संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरिएको थियो ।