अभिनेता प्रदीपले पाए भारतमा डेब्यु अभिनेता अवार्ड |
काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेता अवार्ड हात पारेका छन् । आइतबार साँझ आयोजित ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा उनलाई फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फको डेब्यु अभिनेताको अवार्ड दिइएको हो ।


