काठमाडौं । गायक बुद्ध लामाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ’हुन्न हुन्न, हुँदै हुन्न’ बोलको गीतमा बुद्धसँग सज्जा चौलागाईंले सहकार्य गरेकी छन्। गीतमा टिका दाहालको संगीत छ भने रमेश दाहालको शब्द छ ।
काठमाडौं । रामजी ज्ञवालीको निर्देशन रहेको छोटो फिल्म ‘डार्क मुन’ सार्वजनिक भएको छ । साहिल खान, सूर्या थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लम्साल, यूमी बराललगायतको अभिनय रहेको फिल्म सामाजिक यथार्थ घटना ‘डार्क मुन’ मार्फत देखाउन खोजिएको हो ।
बलिउड फिल्म ‘सडक २’ को ट्रेलर विश्वमै सबैभन्दा बढी मन नपराइएको भिडियोको तेस्रो नम्बरमा परेको छ । भने उक्त भिडियो भारतमा युट्युबमा सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमा परेको छ ।
बलिउड तथा भारतीय टिभी कलाकार सुनील ग्रोवर फेरि टिभीमा कमेडी कार्यक्रम लिएर फर्किने भएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार सुनीलले कोरोना महामारी बीच मान्छेहरूलाई हँसाउन यो कार्यक्रम ल्याउन लागेका हुन् ।
काठमाडौं । चलचित्र पत्रकार संघले बाढी पहिरोमा परेका घाइतेहरुका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।
काठमाडौं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्न हुने तयारीमा छ । दोस्रो राउण्ड षडज्का चारमध्ये चारै एपिसोडको छायाङ्कन सकिएको छ भने तीन एपिसोड प्रसारण भइसकेका छन् ।