काठमाडौं । विश्वका चर्चित गायक गायिकाहरुले अनलाइन कन्सर्ट गरेका छन् । कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सम्मान र विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विश्वका चर्चित गायक गायिकाहरुले अनलाइन कन्सर्ट गरेका हुन् ।
मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको खबरसँग ठूलै हलचल मच्चियो । कनिकाले आफनो यात्राको विषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो ।
बलिउड नायक साहरुख खानले केही दिन अगाडि मात्र कोरोना संक्रमितहरुका लागि विभिन्न सहयोगको घोषणा गरेका थिए । साहरुखले गरेको सहयोग घोषणाले भारतमा रामो चर्चा पाइरहेको छ ।
काठमाडौं । बीबीसी स्टुडियोको फर्म्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ ।
काठमाडौं । हिमालय टेलिभिजनले चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को उत्पादन तथा प्रसारण गर्ने भएको छ । वैशाख पहिलो साताबाट हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने शो पहिलो सिजन २६ इपिसोडको हुने भएको छ ।
काठमाडौं । बायोपिक चलचित्र बनाउने काम सजिलो भने पक्कै होइन । तर, पछिल्लो समय बलिउडमा बायोपिक चलचित्रहरु बनिरेहका छन् । केही बायोपिक चलचित्रहरु सफल पनि भएका छन्, केही चलचित्र भने दर्शकले रुचाएका छैनन् ।