काठमाडौं । गायक देवेन्द्र बब्लु लकडाउन समय पुर्खौली घर बाग्लुङ पुगेका थिए । त्यहाँ हुदाँ उनले नयाँ गीत लेखे । लकडाउन खुले लगत्तै उनी काठमाडौं फर्के। अनि ’मुसुक्क हास’ बोलको गीत रेकर्ड गराए । दुई प्रेमीको संवादमा आधारित यस गीतमा बब्लुले गायिका मेलिना राईको साथ लिए ।