काठमाडौं । तपाईले विदेशबाट ल्याउने कतिपय सामानमा भन्सार शुल्क लाग्दैन भने कतिपयमा सीमितता तोकिएको छ । दशैमा घर आउदै हुनुहुन्छ भने सीमितता तोकिएका सामान बढी ल्याउँदा जफत हुने तथा अनावश्यक शुल्कहरु बुझाउनुपर्ने बाध्यता पर्न सक्छ ।
काठमाडौं । अमेरिकामा बन्धक बालबालिका छुटाउन गएका प्रहरी अधिकारीमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
काठमाडौं । रोजगारीको सिलसिलामा साउदी अरेबियाका विभिन्न कम्पनीमा काम गर्ने क्रममा विभिन्न कारणले मृत्यु भएका २४ नेपालीका परिवारले मृतकहरूले पाउन बाँकी तलब, भत्ता तथा ‘ब्लडमनी’ पाउने भएका छन् ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले घोषणा गरेबमोजिम सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने उद्देश्यले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली आजदेखि सञ्चालनमा ल्याएको छ ।
एजेन्सी । भारतमा फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतका आयल मार्केटिङ कम्पनीले शनिवार फेरि मूल्य वृद्धि गर्दा राजधानी दिल्लीमा पेट्रोलको भाउ बढेर लिटरको ८३.४० भारु पुगेको छ ।