गैरआवासीय नेपाली संघले काठमाडौंमा असोज २६, २७ र २८ गते विज्ञ सम्मेलन गर्ने |
काठमाडौं । गैरआवासीय नेपाली संघले काठमाडौंमा विज्ञ सम्मेलन गर्ने भएको छ । गैरआवासीय नेपाली दिवस तथा साधारणसभाको अवसरमा संघले काठमाडौंमा आगामी २६, २७ र २८ गते विज्ञ सम्मेलन गर्न थालेको संघका अध्यक्ष भवन भट्टले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
संसारभर नेपालका विज्ञहरू रहेका छन् अमेरिकामा मात्रै दुई हजार ५ सय डाक्टर गैरआवासीय नेपाली रहेको बताउदै अध्यक्ष भट्टले भने, ʽ नेपालमा गर्न लागिएको विज्ञ सम्मेलनले नेपाललाई समृद्ध बनाउनका लागि महत्वपूर्ण योगदान दिनेछ ।ʼ
संघका उपाध्यक्ष कुमार पन्त्ले गैरआवासीय नेपाली संघ स्थापनाको उद्देश्यक नै विदेशमा कमाएको पुँजी र ज्ञान नेपालमा भित्र्याउनु भएको बताउँदै विज्ञ सम्मेलन महत्वपूर्ण काम भएको बताए । उनले यसअघि पनि पुँजी भित्रिए पनि ज्ञान भित्र्याउनका लागि यो सम्मेलन सार्थक रहने बताए । सम्मेलनमा ३ सय ५० विज्ञ काठमाडौंमा आउने उपाध्यक्ष पन्तको भनाइ छ ।
संघका सल्लाहकार हेमराज शर्माले सम्मेलनको क्रममा १६० वटा कार्यपत्र प्रस्तुत हुने बताएका छन् । १९ सत्रमा प्रस्तुत गरिने १६० कार्यपत्र रहेकोमा त्यसमा ८० जनाले टिप्पणी गरेका छन् जसमध्ये १० जना भने विदेशी रहेका छन् ।
आगामी शुक्रवार र शनिवार नीतिगत समस्या र समाधानका विषयमा ४ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेका छन् भने आइतबार कृषि, जलविद्युत्, पर्यटन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची राखिएको छ । साथै विदेशमा कमाएको सिप नेपालमा प्रयोग गर्दा पर्ने समस्याका विषयमा पनि कार्यपत्र राखिएको छ ।

१९ वटा कार्यपत्र प्रस्तुत र त्यसबाट आएको निचोडका विषयमा छुट्टै प्रतिवेदन बनाउने संस्थाका सल्लाहाकार डा। शर्माले बताए ।
गैरआवासीय नेपाली संघको कार्यसमितिको दुई वर्षको कार्यकाल रहने गरेकोमा एक कार्यकाल महाधिवेशन नेपालमा र अर्को वर्ष साधारणसभा विदेशमा गर्ने गरेको थियो । यो वर्ष भने साधारणसभा पनि नेपालमा राखेर पहिलोपटक विज्ञ सम्मेलन गर्न थालिएको हो ।
विधानसभा
एनआरएनले विधानसभा पनि राखेको छ । अमेरिका, युरोप, अस्ट्रेकलिया लगायतका देशमा विधानका विषयमा छलफल गरेको एनआरएनले छलफलमा आएका सुझावसहित विधान संशोधनको विषयमा छलफल गर्ने संघका महासचिव डा। बद्री केसीले जानकारी गराए ।
संशोधनका लागि राखिने विधानमा हाल तीनजना उपाध्यक्ष रहेकोमा ५ जना प्रस्ताव गरिएको छ । जसमा वैदेशिक रोजगारी, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला हेर्ने गरी छुट्टाछुट्टै उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, संघको कार्यसमितिको कार्यकाल ३ वर्ष पुर्या्उने विषय पनि छलफलको लागि राखिएको महासचिव केसीले जानकारी गराए ।
भट्टको नेतृत्वमा एक वर्ष के के काम भए
भवन भट्टको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको एक वर्ष भएको छ । यस बीचमा सरकारले गैरआवसीय नेपालीलाई प्रधानमन्त्रीको विदेश भ्रमणको क्रममा उपस्थिति गराउने कुरा संघले उपलब्धिको रूपमा लिएको छ । त्यस्तै यो कार्यसमिति आउँदा लार्पाक बस्ती निर्माणको काम २२ प्रतिशत सकिएकोमा अहिले ७० प्रतिशत सकेको जानकारी दिएको छ । संघकी उपाध्यक्ष सफिला रानाभाटका अनुसार आगामी वैशाख १२ गते हस्तान्तरण गर्ने गरी काम अघि बढाइएको छ ।
संघको नेपालस्थित भवन निर्माणको काम एक वर्षअघि ४० प्रतिशत सकिएकोमा अहिले ९० प्रतिशत काम सकी बिहीवार उद्घावटन गर्न थालिएको संघका अध्यक्ष भट्टले जानकारी गराए ।
संखमूल पार्क निर्माणको काम ३० प्रतिशत मात्रै भएको अवस्थामा यो कार्यमसमिति आएकोमा निर्माणको काम सकी बिहीबार ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्न थालेको संघका उपाध्यक्ष कुल आचार्यले जानकारी गराए । उनका अनुसार ३ करोड लागतमा पार्क निर्माण गरिएको हो।
गैरआवसीय नेपाली संघको तर्फबाट १० अर्वको कोष स्थापनमा गर्ने विषयमा अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतका निकायहरूसँग छलफल गरी काम अघि बढेको अध्यक्ष भट्टले जानकारी गराए ।
Visited 1 times, 1 visit(s) today


