काठमाडौं । कतार सरकारले ९ जना नेपालीलाई आममाफी दिएको छ । बिभिन्न आरोपमा केन्द्रीय कारागारमा सजाय भोगिरहेका नौ जनालाई कतार सरकारले राष्ट्रिय दिवसको अवसरमा आममाफी दिने निर्णय गरेको हो ।
अमेरिका । वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह ‘चलचित्र शिरोमणि लाइफटाइम अवार्ड २०१९’ बाट सम्मानित भएका छन् । अमेरिकाको सान् फ्रान्सिस्कोमा आयोजित ‘चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ मा शाहलाई यो सम्मान प्रदान गरिएको हो ।
अमेरिका । अमेरिकाको टेक्सस राज्यमा पहिलो पटक दक्षिण पूर्व एसियन रिपब्लिकन क्लबको स्थापना भएको छ जसमा टेक्सस ड्यालस बस्दै आएका समाजसेवी तथा व्यवसायी देवी डेविड आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
काठमाडौं । चीनको व्यापारिक सहर ग्वान्जौमा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ चीन र ग्वान्जौस्थित नेपाली महावाणिज्य दूतावासद्वारा आइतबार आयोजित कार्यक्रममा ८८ जनाले रक्तदान गरेका हुन् ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन लम्बिएको छ । बुधबार राति स्थगित भएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेदेखि हुने जनाइएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी बढाउन आहृवान गरेकी छन् । लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै उनले लगानीका लागि आह्वान गरेकी हुन् ।
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ ।
काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृतिको सिफारिस उपलब्ध गराउने भएको छ । दूतावासले मंगलबार पुनː श्रम स्वीकृतिको सिफारिसबारे सूचना जारी गर्दै निवेदन आहृवान गरेको हो ।