एनआरएनएको १२ औं युरोपेली बैठक अगष्टमा हुने |
बार्सिलोना । लगानी र पर्यटन प्रवद्र्धनको लक्ष्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोपेली बैठक इटालीमा हुने भएको छ । युरोप क्षेत्रमा रहेका एनआरएनएका २८ वटा राष्ट्रिय समन्वय परिषदहरुको सहभागितामा आगामी अगष्ट ३ र ४ तारिख राजधानी रोममा बैठक हुन लागेको हो ।


