कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौं आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौंलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।
काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा रहेका १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको विवरणअनुसार बेलायत, अमेरिका र युएईमा गरी १४ नेपालीको मृत्यु भएको हो ।
काठमाडौं । बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।
लण्डन । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको बुधबार राति लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो ।
अमेरिकामा रहेका करिब पाँच सय नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइए पनि यसको स्वतन्त्ररूपमा पुष्टि भने हुन सकेको छैन ।
सिड्नी । विश्वव्यापी रुपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्दको घोषणा गरेका छन् । अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार भएको एक प्रेस सम्मेलनमा बताएक
लन्डन । कारोना भाइरसको त्रासका कारण गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी तीन महिनासम्म कुनैपनि कार्यक्रम नगर्ने भएको छ । यसअघि नै तय भएका कार्यक्रम पनि रद्द गरिएको एनआरएनएले जनाएको छ ।