काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्द किशोर शर्मा चयन भएका छन् । बैंशाख १२ गते बसेको संचालक समितिको बैठकबाट संचालक शर्मालाई अध्यक्षको रुपमा चयन गरेको हो । आफ्नो कार्य व्यस्तताको कारण पशुपति मुरारकाले दिएको राजिनामा बैशाख १ गते मा बसेको बैठकले स्वीकृत गरेको थियो ।
काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजयकुमार मिश्र नियुक्त भएका छन् । संस्थाको संचालक समितिको २३२औँ बैठकले मिश्रलाई सीईओ पदमा नियुक्त गरेको हो । समितिले गत वैशाख ६ गतेदेखि लागू हुने गरी मिश्रलाई संस्थाको सीईओमा नियुक्त गरेको हो ।
काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई चयन भएका छन् । फाइनान्स सञ्चालक समितिको बैठकले सञ्चालक राईलाई बुधबारदेखि नै लागू हुने गरी वाँकी कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर चयन भएका छन्।् । उनी परिसंघमा वरिष्ठ उपाध्यक्ष थिए । परिसंघको १६औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन्।
विश्वका सबैभन्दा धनी दम्पत्ति अर्थात ट्रिलियन डलर कम्पनी अमेजनका मालिक जेफ बेजोस र उनकी पत्नी म्याकेन्जी बेजोसको सम्बन्ध विच्छेदले अन्ततː पूर्णता पाएको छ । जेफ र म्याकेन्जीले आ–आफ्नो ट्वीटरमार्फत आफूहरुको वैवाहिक सम्बन्ध भंग गर्ने प्रक्रिया टुंगाएको घोषणा गर्दै विज्ञप्ती जारी गरेका छन् ।
विश्व बैंकको अध्यक्ष पदमा अमेरिकी अर्थमन्त्रालयका वरिष्ठ अधिकारी डेभिड माल्पास नियुक्त भएका छन् । ६३ वर्षीय माल्पास विश्व बैंकको १३ औँ अध्यक्षको रुपमा सर्वसम्मत चयन भएका हुन् । उक्त पदमा माल्पास एक मात्र उम्मेदवारका थिए ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको २९७औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत बोधराज देवकोटालाई २०७६ साल वैशाख १ गतेबाट लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा पुनː शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका सीइओ नुरप्रताप प्रधान चयन भएका छन् । महासचिवमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री निर्वाचित भएका छन्
काठमाडौं । हालै अन्तरराष्ट्रिय राउण्ड टेबल एसिया प्यासिफिक क्षेत्रकोे काठमाडौँमा सम्पन्न बेठकमा राउण्ड टेबल नेपालका पूर्व अध्यक्ष जयन्त अग्रवाल एसिया प्यासिफिक क्षेत्र को आगामी कार्यकाल (2019 -20) को लागि अध्यक्ष निर्वाचित भएका छन् ।
काठमाडौं । जनता बैंक नेपालका तीन जना डेपुटी सीईओले एकै पटक पदबाट राजीनामा दिएका छन् । बैंक नेतृत्वसँग असहमति बढ्दै गएपछि डेपुटी सीईओत्रय पृथ्वी श्रेष्ठ, सागरकुमार घिमिरे र अजय मिश्रले राजीनामा दिएका हुन् ।