काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को अध्यक्षमा एमआर कुमार नियुक्त भएका छन् । जेष्ठ २ गते बसेको संचालक समिति बैठकले कुमारलाई अध्यक्षमा नियुक्त गरेको हो । यो नियुक्ति अघि हेमन्त भार्गवले बीमकको संचालक समितिको अध्यक्ष रहेका थिए ।
काठमाडौं । सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् । बैंकको प्रमूख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले प्रमूखको जिम्वेवारीबाट अवकास पाएसँगै राणालाई कामु प्रमुखमा नियुक्त गरेका हुन ।
काठमाडौं । एनसेल नेपालका प्रवन्ध निर्देशक सुरेन जे अमरसेकेराले राजीनाममा दिएका छन् । एनसेल स्रोतका अनुसार चार दिन पहिला उनले व्यक्तिगत कारण देखाउदै राजीनामा दिएको बताइएको छ ।
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैंठकले संस्थागत समुह तर्फमा जनता बैंक लिमिटेडका कल्याण बिक्रम पाण्डेलाई सञ्चालक नियुक्त गरिएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका नव निर्वाचित अध्यक्ष राजेश कुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर चिरजिञ्वी नेपाल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका हुन ।