काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले मंगलबार इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सो पदमा नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल फाइनान्स कम्पनीमा दुई नयाँ सञ्चालकहरु नियुक्त भएका छन् । फाइनान्सको सञ्चालकरुमा रोजीना श्रेष्ठ र आनन्द कृष्ण ताम्राकार नियुक्त भएका हुन् ।
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुशिल भट्टलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौं । सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चंकी क्षेत्री पुनःनियुक्त भएका छन् । क्षेत्रीलाई कम्पनीको असार २५ गते बसेको संचालक समितिको बैठकले पुन सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । विश्व बैङ्कले माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । अमेरिकी नागरिक फारिस हदाद जर्भोस माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैङ्कको नयाँ राष्ट्रिय निर्देशकमा नियुक्त भएका छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा.दिव्या सिंह शाह नियुक्त भएकी छिन् । त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उनलाई डिनमा नियुक्ति गरेको हो ।
काठमाडौं । नेपाल पहिलोपटक संयुक्त राष्ट्रसंघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा निर्वाचित भएको छ । पहिलोपटक नेपालका तर्फबाट राष्ट्रसंघका लागी नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले निर्वाचित भएका हुन् ।