बीमा समितिको अध्यक्षमा पुर्व सचिव सिलवाल नियुक्त |
काठमाडौं । बीमा समितिको अध्यक्षमा पुर्व सचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनलाई समिति अध्यक्षमा नियुक्त गरेको हो ।
उनी नेपाल सरकारका पूर्व सचिव समेत हुन् ।
अर्थ मन्त्रालयको सिफारिसमा उनलाई बीमा समितिको अध्यक्ष नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।
समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि गत पुस २३ गते देखि उक्त पद रिक्त थियो ।


