काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्र्श संघ नेपाल (फेकन)मा बासुदेव नेपाल समूह अध्यक्ष सहित बहुमत पदमा जित्न सफल भएको छ । शनिबार सम्पन्न १० औं साधारण सभाले फेकनको नयाँ कार्यसमितिमा नेपाल समूहबाट अध्यक्ष, उपाध्यक्ष र कोषध्यक्ष सहित ८ पदमा जित हासिल गरेको हो ।