काठमाडौं । बीमा समितिको अध्यक्षमा पुर्व सचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनलाई समिति अध्यक्षमा नियुक्त गरेको हो ।
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले शुक्रबार सम्पन्न १०२औं संचालक समितिको बैठकबाट स्वतन्त्र संचालकको पदमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २१ औं साधारण सभा तथा अधिवेशनले कार्यसमितिका सबै पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद गठन भएको छ । परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएका छन् ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको पौष २९ गते कार्की ब्याङक्वेट, बबरमहल, कठमाडौंमा सम्पन्न साधारण सभाले एक जन संस्थापक सञ्चालक र एक जना सर्वसाधारण सञ्चालक नियुक्त गरेको छ ।
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ५ दाउराडिपोमा अवस्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा युवा समाजसेवी रामनारायण घिमिरे निर्वाचित भएका छन् ।