काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विक्रान्तकुमार श्रेष्ठ महासंघको कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्षमा मनोनयन भएका छन् ।
काठमाडौं । मुलुकका अग्रणी विज्ञापन व्यवसायी तथा त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् ।
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौँ । के. एल .दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई राष्ट्रपती विद्या देवी भण्डारी बाट ‘’प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित गरिएको छ ।
काठमाडौं । सर्वोत्तम सिमेन्टले नवलपरासीमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गर्ने भएको छ । नवलपरासीको सुनवालमा करीब ४ करोडको लागतमा अस्पताल निर्माण हुने भएको हो ।