काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधानको दफा ३८(क)अनुसारको अनुशासन समिति महासंघका पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा गठन भएको छ । अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी छन् ।
काठमाडौं । नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबम्धक पदमा २०७८ बैशाख २ गतेका दिन देखि कार्यभार सम्हाल्ने गरि राम कुमार महतलाई नियुक्त गरिएको छ । महतसँग मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा विगत १६ बर्ष देखि काम गरेको अनुभब रहेको छ ।