ग्रामीण विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा श्यामकुमार कटुवाल नियुक्त |
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्याम कुमार कटुवाल नियुक्त भएका छन् । वैशाख १३ गते,मंगलवार बसेको सञ्चालक समितिको बैठकले उनलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा वैशाख १४ गते देखि लागु हुने गरी आगामी चार वर्षकालागि नियुक्त गर्ने निर्णय गरेको हो


