काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका नायब कार्यकारी अधिकृत (डिसीईओ) शिवप्रसाद ज्ञवालीले कायम मुकायम (कामु) को जिम्मेवारी पाएका छन् । भदौ २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कामुको जिम्मेवारी दिने निर्णय गरेको हो ।
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेखर बराल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल ट्रान्जिट एण्ड वेयरहाउजिङ कम्पनीको अध्यक्षमा छपिराज पन्त नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले उनलाई सो कम्पनीको अध्यक्षका रुपमा नियुक्त गरेको हो ।
काठमाडौं । के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी श्री कुमुद कुमार दुगडज्यूलाई “प्रबल जनसेवाश्री” पदकबाट विभुषित गरिने घोषणा भएको छे ।
काठमाडौं । नेपाल तयारी पोशाक संघको अध्यक्षमा पशुपति देव पाण्डे चयन भएका छन् । शनिबार भएको संघको २८ औँ बार्षिक साधारणसभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
काठमाडौं । राउण्ड टेवल नेपालको २०७९ भदौ १८ गते सम्पन्न २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।
बनेपा । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शान्ता के.सी. कार्कीलाई संचालकमा नियुक्त गरेको छ । संस्थाको संचालक समितिको मिति २०७९ भाद्र १५ गते बसेको बैठकको निर्णयले कार्कीलाई नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हाे । उनी अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष हुन्।
काठमाडौं । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो ।