बैङ्क–वित्त / बीमा
खल्तीबाटै अब डिम्याट र मेरोशेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने |
काठमाडौं । शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मेरोशेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ‘खल्ती डिजिटल वालेट’ले बिहिबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र मेरोशेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो



