कुमारी बैंकको परिवार सुरक्षा बचत खातामा ६.५ प्रतिशत ब्याजदर |
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ बचत खाता “कुमारी परिवार सुरक्षा बचत खाता” ल्याएको छ । परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य – आमा वा बुवा आफै, तथा दुई सन्तानको स्वतː बीमा हुने बैंकले जानकारी दिएको छ ।
यसका लागि बचतकर्ताल न्यूनतम १० हजार राख्नुपर्ने छ । यसमा वार्षिक ६.५० प्रतिशत ब्याजदर पाइने बैंकले जानकारी दिएको छ ।
खातामा २६ लाख सम्मको परिवारको बिमा गरिएको जसमा दम्पतिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरीक अशक्तता बिमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।
यो खाता खोल्दा इन्टरनेट बैंकिङ्ग – निःशुल्क, मोबाइल बैंकिङ्ग – पहिलो वर्ष निːशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड – पहिलो वर्ष निːशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुनेछ ।
विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको बैंकले, १०० शाखा संजाल, ९१ एटीएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत् बैंकिङ सेवा दिइरहेको छ ।



