डीडीसीको फ्रेस मिल्क अब चकलेट फ्लेभरमा |
काठमाडौं । पूर्ण सकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले नयाँ स्वादको फ्रेस मिल्क बजारमा ल्याएको छ ।
बजारमा नयाँ स्वादका उत्पादन उतार्ने योजनामा रहेको संस्थाले साउन १ गतेदेखिन फ्रेस मिल्कमा नयाँ सेगमेन्ट थप गरेको जानकारी दिउको छ ।
डीडीसीका अनुसार फ्रेस मिल्क अबदेखि चकलेट फ्लेभरमा उपलब्ध हुने छ । यसअघि फ्रेस मिल्क केशरी स्वादमा मात्र थियो ।
डीडीसीले हाल ४१ प्रकारका उत्पादन बजारमा पठाइरहेको छ ।



