काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ५ गतेबाट थप चारवटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । शाखा विस्तार गर्ने क्रममा बैंकले चितवनको टाँडी, लमजुङको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाटमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।