एन्फासँग कतार एयरको साझेदारी |
काठमाडौं : कतार एयरवेजले दशरथ रंगशालामा सम्पन्न सन् २०१९-२० सिजनको फाइनल खेलमा ‘ए’ डिभिजन सहिद स्मारक लिगमा साझेदारी गरेको छ। उपपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरलेको प्रमुख आतिथ्यमा भएको फाइनल खेल सानमिगल मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच भएको थियो। जसमा मच्छिन्द्र विजयी भयो ।
‘ए’ डिभिजन सहिद स्मारक लिग नेपालको सबैभन्दा ठूलो वार्षिक फुटबल खेल हो। यो खेल १४ डिसेम्बरबाट सुरु भएको थियो। खेलमा कतार एयरवेजसँगको साझेदारी स्वरूप १४ लिग फुटबल क्लबका खेलाडीको टी-सर्ट कतार एयरवेजको लोगो अंकित थियो ।
फाइनल खेलअघि कतार एयरवेजले सप्ताहव्यापी फ्यान जोनको आयोजना गरेको थियो । जसमा फुटबलप्रेमीले मनोरञ्जन र आपसमा घुलमिल हुने अवसर पाएका थिए। शेर्पा मलमा भएको फ्यान जोन कार्यक्रममा ब्रान्ड एक्टिभेसन, ग्रिन स्क्रिन फोटोग्राफी, अनुहार रंगाउने जस्ता कार्य भएका थिए ।
कतार एयरवेजका मार्केटिङ उपाध्यक्ष सलाम अल सावाले अखिल नेपाल फुटबल संघ-एन्फा) सँग सन् २०१९-२० को लिगमा साझेदारी कायम गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले कतार एयरवेजले खेलकुदमा आफ्नो प्रायेजन विविधिकरणमार्फत नेपालमा फुटबलको विकासमा मद्दत पुर्याएको चर्चा गरे। कतार एयरवेज सन् २०२२ मा कतारमा हुने फिफा वल्र्ड कपको मुख्य प्रयोजक हो। कतार एयरवेजले हमद अन्तर्राष्ट्रिय विमानस्थलबाट २५० आधुनिक जहाजका माध्यमबाट विश्वका १७० गन्तव्यमा उडान गर्दै आएको छ।


