काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नवौं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गर्यो । चावहिलस्थित ओम हस्पिटल तथा ताहाचल स्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो