काठमाडौं । हालको बीमा समिति खारेज गरी सरकारले बीमा प्राधिकरण स्थापना गर्ने भएको छ । बीमा क्षेत्रको नियमन र सुपरिवेक्षण व्यवस्थालाई आधुनिकीकरण गर्न बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा ‘बीमा समिति’ खारेज गरी ‘नेपाल बीमा प्राधिकरण’ स्थापना गर्ने उल्लेख छ ।
काठमाडौं । नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो १.०L हस्तान्तरण गरेको छ ।
काठमाण्डौ । नागरिक लगानी कोषले ३० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत कोषले प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको हो।
काठमाडौं । स्प्राईटले समर क्याम्पेन “स्प्राईट लगाउँ, प्यास बुझाउँ” को टीभीसी सार्वजनिक गरेको छ । गर्मीको आगमनसँगै स्प्राईटले उपभोक्ताहरुलाई शीतल राखेर घामको तापमा पनि स्प्रष्टसंग सोच्न सक्ने अल्टिमेट रिफ्रेसरको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ ।
काठमाडौं । किङ्स लाउन्ज पोखराले कोरोना भाईरस नियन्त्रणका लागि उच्च शतर्कता अपनाएको छ । लाउन्जले आफ्ना ग्राहकहरुको स्वास्थ्यको ख्याल राख्दै प्रवेश द्धारमा ग्राहकहरुको तापक्रम नाप्न थर्मल स्क्यानरको व्यवस्था गरेको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयुक्त आयोजनामा संखुवासभाको विकट क्षेत्र चिचिला गाउँपालिकामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
पर्वत । ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाक सुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको छ ।