काठमाडौं । होलीलाई थप रोमाञ्चक, मनोरञ्जक र मनमोहक बनाउन म्यासेजिङ एप ‘भाइबर’ ले ‘भाइबर होली’ नामक च्याटबट ल्याएको छ । जसले शुभकामनालाई अझ विशेष बनाइदिनेछ । भाइबर होली बटसँग होली ग्रीटिङ कार्डहरु बनाउन सकिने तथा आफ्नो सम्पर्कमा भएका सबैजना माझ एकै साथ सेयर गर्न सकिने छ ।